Gaushalakhabar | ताजा समाचार, स्थानीय अपडेट र नेपालका मुख्य खबर - gaushalakhabar 
होमपेज / राजनीति
राजनीति

नेपाली कांग्रेस तामाकोशी गाउँपालिका वडा इकाई समिति सहरे पाँच दोलखाले सुरज के.सी.लाई सभापतिमा सर्वसहमतिले चयन

Admin 5 वर्ष पहिले 1513 views
नेपाली कांग्रेस तामाकोशी गाउँपालिका वडा इकाई समिति सहरे पाँच दोलखाले सुरज के.सी.लाई सभापतिमा  सर्वसहमतिले चयन

दिपक बस्नेत भदौ १८, तामाकोशी ।
नेपाली कांग्रेस तामाकोशी गाउँपालिका वडा इकाई समिति सहरे पाँच दोलखाले सुरज के.सी.लाई सभापतिमा  सर्वसहमतिले चयन गरेको छ ।
आज भएको कार्यक्रमबाट सुरज के.सी. सभापति रहेको २२ सदस्यीय कार्यसमिति चयान गरेको हो । नेपाली कांग्रेस वडा नम्बर ५ सहरेको वडा इकाई समितिमा उप सभापति चमेली श्रेष्ठ र केदार कार्की, सचिवमा हरि प्रसाद चौलागाई र राजकुमार फयाँल, सह सचिवमा तेज प्रसाद अधिकारी र दिपक भुजेल रहनु भएको २२ जनाको वडा इकाई समिति गठन गरेको आमन्त्रित जिल्ला कार्य समिति सदस्य संकर न्यौपानेले जानकारि दिनुभयो ।
कार्यक्रले १६ सदस्यीय क्षेत्रिय प्रतिनिधि पनि सर्वसहमतिले चयन गरेको छ । जस्मा नरहरि सुवेदी, भुवन के.सी., श्रृजना सुवेदी, सुर्यप्रसाद न्यौपाने, संखर न्यौपाने लगाएत रहनु भएको छ ।
नेपाली कांग्रेसले उद्धघाटन सत्रको कार्यक्रमपछि बन्द सत्र संचालन गरेको थियो । नेपाली कांग्रेसका निवर्तमान सभापति सुर्य प्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस पुर्व महासमिति सदस्य श्रृजना सुवेदी, नेपाली कांग्रेस क्षेत्रिय सचिव सचिव भुवन के.सी., जिल्ला नेता नरहरि सुवेदी, पुर्व वडा पार्टी सभापति शम्भु राज के.सी., भुला राम न्यौपाने, तामाकोशी गाउँपालिका दलित अध्यक्ष डवल रोकाह लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।