Gaushalakhabar | ताजा समाचार, स्थानीय अपडेट र नेपालका मुख्य खबर - gaushalakhabar 
होमपेज / स्थानिय
स्थानिय

तामाकोशी गाउँपालिकामा आज २५ जना कोरोना संक्रमित थपिए

Admin 5 वर्ष पहिले 930 views
तामाकोशी गाउँपालिकामा आज २५ जना कोरोना संक्रमित थपिए

दिपक बस्नेत


जेठ ६, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै पालिका भित्र संक्रमित संख्य १५१ पुगेको छ ।
पालिका भित्र आज वडा नम्वर ३ जफेमा ४ जना, वडा नम्वर ४ मालूमा ४ जना, वडा नम्वर ५ सहरेमा १७ जना गरि जम्मा २५ जनामा कोरोना संक्रमण देखिएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुन कुमार मिश्रले जानकारी दिनुभयो । पालिकामा १६ जनाले कोरोनालाई जितेका छन् । कोभिड अस्पताल मालूमा ३ जनाले उपचार गराईरहेका छन् ।
तामाकोशी गाउँपालिका भित्र ७१ जना महिला कोरोना संक्रमित रहेका छन् भने ८० जना पुरुष रहेका छन् । १४६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।