Gaushalakhabar | ताजा समाचार, स्थानीय अपडेट र नेपालका मुख्य खबर - gaushalakhabar 
होमपेज / अन्तराष्ट्रिय
अन्तराष्ट्रिय

कोरोना संक्रमित पुन बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन

Admin 3 वर्ष पहिले 305 views
कोरोना संक्रमित पुन बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन

११ कात्तिक, काठमाडौं । लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ ।

कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ ।

त्यहाँ पछिल्लो हप्तामा दैनिक २०–२५ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

आईफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना रहेको झेङझाउ शहरका साथै चीनको चौथो ठूलो आर्थिक केन्द्र ग्वाङझाउ पनि प्रभावित भएको छ ।

चीनको राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीतिमा कुनै परिवर्तन नहुने संकेत गर्दै ‘भाइरसको फैलावट रोक्नका लागि जनयुद्ध’ गर्नु पर्ने भनेका थिए ।