Gaushalakhabar | ताजा समाचार, स्थानीय अपडेट र नेपालका मुख्य खबर - gaushalakhabar 
होमपेज / स्थानिय
स्थानिय

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

Admin 3 वर्ष पहिले 172 views
मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

कात्तिक ९, २०७९ रासस

यसपालि दीपावली ९तिहार० पर्वको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव र परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ ।
सामान्यतया यमपञ्चक पनि भनिने दीपावली पर्व पाँच दिनको हुने भए पनि यसपालि भने तिथिको भोग घटबढले छ दिनको बनेको छ । प्रचलनमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ । यसपालि गत शनिबार साँझ नै त्रयोदशी तिथि टेकेपछि सोही दिन ‘धनतेरस’ मनाइँदा यसपालि यो पर्व छ दिनको परेको हो । पाँच दिनको यमपञ्चकमा भने चौथो दिन नै ‘गोधन’ मनाइन्थ्यो ।

गोेधन पर्वमा गाईको गोवरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार ९पानीमा घोलिएको अरवा चामलको पिठो०ले पूजा गर्ने गरिन्छ । विघ्ननासक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजाविधिमा प्रकृति आराधना भएको मैथिल विद्वान् बताउँछन् ।

यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल ९तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती०नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ । गाई ९गो० मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवद्र्धन पर्वतले गाई पाल्न घाँस र पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथा बस्तु नै पर्व परम्परा भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउछन् । पछिपछि गोवद्र्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन लागिएको उनको भनाइ छ ।

कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन ९यसपालि तिथिको घटबढले पाँचा्रं दिन परेको० मनाइने यस पर्वमा मिथिलाका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् । यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्ग्याउन प्रयोग गरिन्छ । गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान ९रोगव्याधी० नलाग्ने मैथिल जनविश्वास छ ।

पर्वका दिन गाई, गोरुका सिङ् , खुरमा तोरीको तेल लगाई दिने, पिना ९तोरी पेलिएको चोकर० ख्वाउने र नयाँ दाम्ला लगाइ दिने ९दाम्ला फेर्ने० परम्परा छ । पर्वको मुख्य पक्ष प्रकृति ९वन, पहाड, पानीका मुहान, चरण क्षेत्र० संरक्षणको सन्देश रहेको डा विमल बताउनुहुन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा यो पर्व परम्परा बनेको छ ।