Gaushalakhabar | ताजा समाचार, स्थानीय अपडेट र नेपालका मुख्य खबर - gaushalakhabar 
होमपेज / स्थानिय
स्थानिय

धान थ्रेसरमा परेर कैलालीमा एक महिलाको मृत्यु

Admin 3 वर्ष पहिले 170 views
धान थ्रेसरमा परेर कैलालीमा एक महिलाको मृत्यु

कात्तिक ७, २०७९
रासस

कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ । कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ वर्षीया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फस्न गई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।