Gaushalakhabar | ताजा समाचार, स्थानीय अपडेट र नेपालका मुख्य खबर - gaushalakhabar 
होमपेज / स्थानिय
स्थानिय

आमाको हत्याका आरोपित फरार

Admin 4 वर्ष पहिले 170 views
आमाको हत्याका आरोपित फरार

बारा — आमाको हत्याको आरोप लागेका कलैया उपमहानगरपालिका-७ का जयकिशोर यादव फरार भएका छन् । प्रहरीका अनुसार जयकिशोर यादवले बिहीबार बेलुका धारिलो हतियार प्रहार गरी ५० वर्षीया तेतरीदेवी यादवलाई हत्या गरेपछि उनी फरार भएका हुन् ।
तेतरीकी सौतेनी छोरा जयकिशोरले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले तेतरीका पति शिवनारायण र अर्का सौतेनी छोरा नवलकिशोरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरिक्षक रामकाजी थापाका अनुसार घरायसी विवादका कारण तेतरीको हत्या गरिएको जनाइएको छ । आमाको हत्याको आरोप लागेका जयकिशोर भने फरार रहेको प्रहरी निरिक्षक थापाले बताए । ‘घटनाबारे थप अनुसन्धान भइरहेको र फरारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।